Monday, June 29, 2026

कबीरको ६२९ औं जयन्ती एवम् विश्व भोजपुरी दिवस - २०८३ मनाइयो

भोजपुरी प्रज्ञा प्रतिष्ठानको आयोजनामा कबीरको ६२९ औं जयन्ती एवं विश्व भोजपुरी दिवसको सन्दर्भ पारेर २०८३ साल असार १५ गते एक कार्यक्रम आयोजना गरियो ।

भोजपुरी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष आनन्द गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल हुनुहुन्थ्यो । कार्यक्रमको सुरूको चरणमा साहित्यकार रितेश त्रिपाठीले डा. गोपाल ठाकुर, स्वेता दिप्ती, दिनेश गुप्तासँग 'वर्तमान सन्दर्भमें कबीर' विषयमा एक परिचर्चा कार्यक्रम संचालन गर्नुभएको थियो ।
कार्यक्रममा लीलाधर स्मृति पुरस्कार, २०८३ बाट दीपक कुमार गुप्ता , अफिमी लाल - परमेश्वरी देवी भोजपुरी सेवा पुरस्कार, २०८३ बाट विकाउ गिरी 'विनित' , भोजपुरी पत्रकारिता पुरस्कार, २०८३ बाट रामप्रसाद साहलाई प्रमुख अतिथि मातृका पोखरेल, भाषा आयोगका पूर्व अध्यक्ष डा. गोपाल ठाकुर, पूर्वमन्त्री डा . वंशिधर मिश्र लगापतले पुरस्कृत गर्नुभएको थियो ।
पुरस्कार संस्थापक पूर्वमन्त्री डा. बंशीधर मिश्र, ढुनराज शर्मा पन्थी, निर्णायक मण्डलका तर्फबाट सलमान खातुन, भाषा आयोगका पूर्व अध्यक्ष डा. गोपाल ठाकुर, राजनीतिक विश्लेषक डा. शोभाकर पराजुली, प्राज्ञ हंसावती कुर्मी, कंचन झा, पत्रकार मोहन सिंह, भाषा आयोगका माननीय सदस्य डा. पुस्करराज भट्टलगायत वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रमको संचालन प्रियंका पाण्डेले गर्नुभएको थियो । भोजपुरी प्रज्ञा- प्रतिष्ठनका सदस्य प्रतिमा चौधरीले धन्यवाद सहित कार्यक्रमलाई समापन गर्नुभएको थियो ।

000




























Friday, April 10, 2026

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव


नेपाली साहित्य र वाङ्मयको क्षेत्रमा क्रियाशील अग्रणी संस्था जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा आफ्नो ४२औँ वार्षिकोत्सव भव्य रूपमा मनाइएको थियो । बनेपास्थित अरनिको पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा साहित्य, कला र समाजसेवाका विभिन्न विधामा योगदान पुर्‍याउने स्रष्टाहरूलाई नगदसहित सम्मान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्कृति शिरोमणि हरिराम जोशी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।

समारोहमा विभिन्न विधाका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान अन्तर्गत प्रा.डा. चूडामणि बन्धु (पाल्पा) लाई नगद रु. १०,०००/- सहित खादा, प्रमाणपत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो । त्यसैगरी कमलराज–जनमत दर्शन साहित्य सम्मान अन्तर्गत मोहनविक्रम सिंह (प्युठान) लाई नगद रु. २५,०००/- सहित सम्मान गरिएको थियो ।

त्यसैगरी जनमत–सिद्धि धर्म/संस्कृति सम्मान अन्तर्गत प्रा.डा. वीणा पौड्याल (ललितपुर) लाई नगद रु. १०,०००/-, विश्वशान्ति–जनमत प्रवासी लेखक सम्मान अन्तर्गत डा. कविता लामा (दार्जिलिङ) लाई नगद रु. २५,०००/-, जनमत–जनक प्रधान सेवा सम्मान अन्तर्गत नन्दकृष्ण जोशी (बझाङ) लाई नगद रु. १०,०००/-, जनमत–दीपक कायस्थ स्वास्थ्य सम्मान अन्तर्गत प्रा.डा. सविना श्रेष्ठ (ललितपुर) लाई नगद रु. १०,०००/-, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान अन्तर्गत डा. बलराम अधिकारी (गोरखा) लाई नगद रु. १०,०००/-, जनमत–ज्ञानरत्न/मङ्गलतारा राष्ट्रिय सम्मान अन्तर्गत जगदीश ओझा (बैतडी) लाई नगद रु. १०,०००/- तथा शान्तिकिरण–जनमत फरक क्षमता सम्मान अन्तर्गत डा. गोविन्दप्रसाद आचार्य (अर्घाखाँची) लाई नगद रु. २५,०००/- सहित सम्मान गरिएको थियो ।

कृति सार्वजनिक समारोहअन्तर्गत प्रा. कपिल अज्ञातको गजलसङ्ग्रह ‘मनका तराना’ लोकार्पण गरिएको थियो, जसमा डा. कृष्ण सुवेदीद्वारा संक्षिप्त टिप्पणी प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा भारतको उत्तर बङ्गबन्धु विश्वविद्यालयका प्रा. सञ्जय राई, डा. अरुणा राई, प्रा.डा. प्रकाशराज रेग्मी, वरिस्ठ साहित्यकार मातृका पोखरेल, वरिष्ठ पत्रकार शेषराज शिवाकोटी लगायतका व्यक्तित्वहरूको विशिष्ट आतिथ्य रहेको थियो ।

साहित्यिक वाचनअन्तर्गत सम्मानित प्रतिभाहरूका तर्फबाट प्रा.डा. चूडामणि बन्धु, नन्दकृष्ण जोशी र लक्ष्मी मालीद्वारा मन्तव्य तथा रचना वाचन गरिएको थियो ।

कार्यक्रमको सञ्चालन राजु सरकारद्वारा गरिएको थियो भने स्वागत मन्तव्य तथा संस्थाको अभियानबारे जानकारी मोहन दुवालद्वारा प्रस्तुत गरिएको थियो । सम्मानित प्रतिभाहरूको सम्मानपत्र प्रतिष्ठानका उपाध्यक्ष प्रेम श्रेष्ठ र सदस्य भगवती तिमल्सिनाद्वारा वाचन गरिएको थियो । कार्यक्रमको समापनमा सचिव सिर्जना दुवालद्वारा धन्यवाद ज्ञापन गरिएको थियो ।

०००