काठमाडौँ — काठमाडौं (कास)– काव्य प्रस्तुति शृंखला ‘आरनमा कविता’ मा यसपटक कवि मातृका पोखरेल र मनोज बोगटीले प्रस्तुत भए । सर्वनाम थिएटरमा सम्पन्न कार्यक्रममा दुवैले दस–दस सिर्जना सुनाए ।
उन्मुक्त पुस्ताले चलाउँदै आएको शृंखलामा यसटपक प्राज्ञ एवं प्रगतिशील लेखक संघका अध्यक्षसमेत रहेका कवि पोखरेलले ‘अर्को अमलेखगञ्ज’, ‘मित्रताको आकाश’, ‘सिंहदरबार’, ‘दिल्लीका मच्छरहरू’ लगायतका कविता सुनाए । उनका कवितामा विद्रोह चेतको प्रधानता थियो भने सामाजिक राजनीतिक विकृतिमाथि प्रहार ।
दार्जिलिङका कवि बोगटीले ‘ईश्वर एक र दुई’, ‘मीत’, ‘आदिवासी’ लगायत कविता सुनाए । उनका कवितामा भारतीय सत्ताको विरोध र सामाजिक विकृति र विसंगतिमाथि प्रहार थियो । बोगटीले सिलिगुडीका अर्का कवि राजा पुनियानी लगायतसँग मिलेर हस्तक्षेप आन्दोलन चलाइरहेका छन् । कार्यक्रममा कवि मुक्तान थेबाले उन्मुक्त र हस्तक्षेप दुई देशका समकालीन आन्दोलन भएको भन्दै सैद्धान्तिक धरातलमा समानता रहेको बताए ।
000
https://ekantipur.com
वैशाख २०, २०७५
No comments:
Post a Comment