नेपाली साहित्य र वाङ्मयको क्षेत्रमा क्रियाशील अग्रणी संस्था जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा आफ्नो ४२औँ वार्षिकोत्सव भव्य रूपमा मनाइएको थियो । बनेपास्थित अरनिको पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा साहित्य, कला र समाजसेवाका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टाहरूलाई नगदसहित सम्मान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्कृति शिरोमणि हरिराम जोशी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।
समारोहमा विभिन्न विधाका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान अन्तर्गत प्रा.डा. चूडामणि बन्धु (पाल्पा) लाई नगद रु. १०,०००/- सहित खादा, प्रमाणपत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो । त्यसैगरी कमलराज–जनमत दर्शन साहित्य सम्मान अन्तर्गत मोहनविक्रम सिंह (प्युठान) लाई नगद रु. २५,०००/- सहित सम्मान गरिएको थियो ।
त्यसैगरी जनमत–सिद्धि धर्म/संस्कृति सम्मान अन्तर्गत प्रा.डा. वीणा पौड्याल (ललितपुर) लाई नगद रु. १०,०००/-, विश्वशान्ति–जनमत प्रवासी लेखक सम्मान अन्तर्गत डा. कविता लामा (दार्जिलिङ) लाई नगद रु. २५,०००/-, जनमत–जनक प्रधान सेवा सम्मान अन्तर्गत नन्दकृष्ण जोशी (बझाङ) लाई नगद रु. १०,०००/-, जनमत–दीपक कायस्थ स्वास्थ्य सम्मान अन्तर्गत प्रा.डा. सविना श्रेष्ठ (ललितपुर) लाई नगद रु. १०,०००/-, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान अन्तर्गत डा. बलराम अधिकारी (गोरखा) लाई नगद रु. १०,०००/-, जनमत–ज्ञानरत्न/मङ्गलतारा राष्ट्रिय सम्मान अन्तर्गत जगदीश ओझा (बैतडी) लाई नगद रु. १०,०००/- तथा शान्तिकिरण–जनमत फरक क्षमता सम्मान अन्तर्गत डा. गोविन्दप्रसाद आचार्य (अर्घाखाँची) लाई नगद रु. २५,०००/- सहित सम्मान गरिएको थियो ।
कृति सार्वजनिक समारोहअन्तर्गत प्रा. कपिल अज्ञातको गजलसङ्ग्रह ‘मनका तराना’ लोकार्पण गरिएको थियो, जसमा डा. कृष्ण सुवेदीद्वारा संक्षिप्त टिप्पणी प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा भारतको उत्तर बङ्गबन्धु विश्वविद्यालयका प्रा. सञ्जय राई, डा. अरुणा राई, प्रा.डा. प्रकाशराज रेग्मी, वरिस्ठ साहित्यकार मातृका पोखरेल, वरिष्ठ पत्रकार शेषराज शिवाकोटी लगायतका व्यक्तित्वहरूको विशिष्ट आतिथ्य रहेको थियो ।
साहित्यिक वाचनअन्तर्गत सम्मानित प्रतिभाहरूका तर्फबाट प्रा.डा. चूडामणि बन्धु, नन्दकृष्ण जोशी र लक्ष्मी मालीद्वारा मन्तव्य तथा रचना वाचन गरिएको थियो ।
कार्यक्रमको सञ्चालन राजु सरकारद्वारा गरिएको थियो भने स्वागत मन्तव्य तथा संस्थाको अभियानबारे जानकारी मोहन दुवालद्वारा प्रस्तुत गरिएको थियो । सम्मानित प्रतिभाहरूको सम्मानपत्र प्रतिष्ठानका उपाध्यक्ष प्रेम श्रेष्ठ र सदस्य भगवती तिमल्सिनाद्वारा वाचन गरिएको थियो । कार्यक्रमको समापनमा सचिव सिर्जना दुवालद्वारा धन्यवाद ज्ञापन गरिएको थियो ।
०००




















No comments:
Post a Comment